२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा विहिबार सम्म ३५ प्रतिशत मात्रै रोपाई सम्पन्न

धादिङमा विहिबार सम्म ३५ प्रतिशत मात्रै रोपाई सम्पन्न
सेयर गर्नुहोस्
०सेयर

असार महिना सकिनै लाग्दा धादिङमा विहिबार सम्म ३५ प्रतिशत मात्रै रोपाई सम्पन्न भएको छ । मनसुन ढिलाई हुँदा र मकै ढिला पाक्दा रोपाई ढिला भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिनुभयो ।

जिल्लामा १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लामा वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान र २० हजार मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ । विशेषगरी टारहरु अर्थात कम उचाई भएका ठाउँहरुमा मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धानहरु लगाइने गर्दछ ।

बढि उचाई भएका ठाउँहरुमा अर्थात अलि चिसो हावापानी भएका ठाउँहरुमा खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान खेती गरिदै आएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिदै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।