२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मलेखुमा भएको रक्तदानमा १ सय १५ जनाले गरे रक्तदान

मलेखुमा भएको रक्तदानमा १ सय १५ जनाले गरे रक्तदान

धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु बजारमा भएको रक्तदानमा १ सय १५ जनाले रक्तदान गरेका छन् ।

जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान भएको हो । संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

२८ जना महिला ८७ जना पुरुष गरी ११५ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।