
तस्बिर:जिल्ला प्रहरी कार्यालय धादिङ
१७ वर्षीया भतिजि बलात्कार गरेको आरोपमा ३६ वर्षीया काकालाई जिल्ला प्रहरी कार्यालय धादिङले गिरफ्तार गरि हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।
बाबुले आमाको हत्या गरेपछि जेलमा बाबु रहेको र काकाको संरक्षणमा ४ वर्षदेखि बस्दै आएकि बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते घरमै बलात्कार गरेकाे पीडितले जानकारी दिनुभएको छ ।
पीडितको धादिङ अस्पतालमा शनिबार स्वास्थ्य परिक्षण भयो । मावली पक्षको सहयोगमा धादिङबेसीबाट उद्धार गरिएपछि पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
आरोपितलाई प्रहरीले शनिबार गिरफ्तार हिरासतमा लिएर मुद्दाको अनुसन्धान गरिरहेको र पीडितलाई सुरक्षित आवास गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपि गाैतम मिश्रले जानकारी दिनुभयो ।