धादिङमा  बिहिवार ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय धादिङको अनुसार निलकण्ठ नगरपालिकामा २२ पुरुष, २३ महिला गरि ४५ जना र सिद्घलेखमा १ जना पुरुष, ज्वालामुखिमा ५ जना पुरुष, गंगाजमुनामा ३ जना पुरुष, नेत्रावतिडबजोङमा १ जना महिला, खनियावासमा १ जना पुरुष र रुविभ्यालीमा १ नजा महिला गरि ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार १ सय ९५ जना पुगेको छ । जसमध्ये १ हजार ६ सय ८५ पुरुष र १ हजार ४ सय ७२ महिला रहेका छन् । अलिहलेसम्म संक्रमण पुष्टि हुनेमा सवै भन्दा धेरै निलकण्ठ नगरपालिकामा २ हजार १ सय ४९ जना संक्रमित रहेका छन् भने कम खनियावास गाउँपालिकामा ११ जना रहेका छन् ।

त्यस्तै ज्वालामुखिमा ११८, धुनिवेशीमा ९४, थार्केमा १८, गल्छिमा १३४, गजुरीमा १२०, बेनिघाट रोराङमा १३९, सिद्दलेखमा १००, त्रिपुरासुन्दरीमा ८६, गंगाजमुनामा ३९, नेत्रावतिडबजोङमा १७, र रुविभ्यालीमा २२ जना रहेका छन् । संक्रमितको कुलसंख्या मध्ये १०२ जनाको ठेगना खुलेको छैन भने ९ जना अन्य जिल्लाबाट रहेको स्वास्थ्य कार्यलय धादिङको तथ्याङमा उल्लेख गरिएको छ ।

डेंगु ज्वरो अरु मौसमी ज्वरो जस्तै हो । डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्दछ । उच्च ज्वरो आउनु, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता डेंगुका लक्षणहरु हुन ।

यसबाट बच्नको लागि आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने र पूरै शरिर ढाक्ने लुगा लगाउन स्वास्थ्य कार्यलय धादिङले आग्रह गरेको छ ।

Facebook Comments