२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा निष्पक्ष छानविन गर्न फोनिज धादिङको माग

पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा निष्पक्ष छानविन गर्न फोनिज धादिङको माग

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा निष्पक्ष छानविन गर्न नेपाल आदिवासी जनताति पत्रकार महासंघ (फोनिज) धादिङले माग राखेको छ । राजनितिक संगठनहरुको दबाबमा नपरी केन्द्रले तय गरेको मापदण्ड कार्यान्वयनमा ल्याउन फोनिज धादिङले माग राखेको हो । सदस्यता शुद्धिकरण अन्तर्गत बागमती प्रदेश समितिको छानविन कार्यदलसँग माग राखेको फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनु भयो ।

सदस्यता नविकरण र नयाँ सदस्यता वितरणमा परेका उजुरीहरुको विषयमा छलफल गर्न धादिङ आइपुगेका पत्रकार महासँघ बागमती प्रदेश समितिका अध्यक्ष शिव प्रसाद देवकोटा, सदस्यहरु पेमा लामा र सम्झना हुमागाई सहितको टोलीसँग फोनिजले सदस्यता शुद्धिकरण अभियान चलिरहँदा आफ्ना संगठनलाई बलियो बनाउन पत्रकार सम्बद्ध राजनितिक संगठनहरु सक्रिय भएकोमा गुनासो समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा सस्था रहेको र यसले पत्रकारको क्षमता अभिवृद्धि तथा हकहित संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउँदै श्रेष्ठले महासंघको छविलाई अझ उँचो बनाउन पनि आग्रह गर्नुभयो । पत्रकारिता पेशामा सिक्ने र टिक्न सक्ने वातावरण बनाउन महाँसंघले खेलेको भूमिका सराहनिय रहेको भन्दै पत्रकारिता पेशाको महिमा उच्च राख्न पनि मापदण्डलाई पालना गरी शुद्धिकरण अभियान सञ्चालन गर्न फोनिज धादिङले अनुरोध गरेको छ ।

छलफलका क्रममा महासंघ बागमती प्रदेश अध्यक्ष देवकोटाले ‘मापदण्ड अनुसार नै सदस्यता शुद्धिकरण हुने र शुद्धिकरण छानविन कार्यदल पत्रकार संगठनहरुको दबाब र कुनै पनि किसिमको आस्थामा परेर मापदण्ड विपरित नजाने बताउनु भयो । ‘बागमती प्रदेशका जिल्लाहरुमा त्यति ठूलो समस्या देखिएको छैन, केही उजुरीहरु त परेका छन्, महासंघ जिल्ला शाखा र सम्बन्धित पत्रकारहरुसँग छलफल गरी टुङ्ग्याउदै आएका छौं’ अध्यक्ष देवकोटाले भन्नुभयो ।

कार्यदलका सदस्य एवम् फोनिजका बागमती इञ्चार्ज पेमा लामाले फोनिज र नेपाल पत्रकार महासंघसँग सगै रहेका्, सदस्यता शुद्धिकरण मापदण्ड भित्र रहेका फोनिजकर्मीहरु नछुट्ने र मापदण्डमा रहेका सबै पत्रकारको नविकरण हुनेमा ढुक्क रहन अनुरोध गर्नुभयो । प्रेस चौतारी नेपाल, प्रेस यूनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनसँग पनि कार्य दलले छुट्टा छुट्टै भेटघाट र छलफल गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।