
भारतको जल्पाईगुरीमा सम्पन्न भएको प्रथम जल्पाईगुरी अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पेन्सिपमा धादिङका चार खेलाडीले स्वर्ण पदक जितेका छन् ।
नेपाल तेक्वान्दो संघमा आवद्ध रहेका पाविल हिमाल तेक्वान्दो डोजाङ र मलेखु तेक्वान्दो डोजाङबाट आठ जना खेलाडीहरु प्रतियोगितामा भएका सहभागी थिए ।
सहभागी मधये स्मृति श्रेष्ठ, जस्विन थापा मगर, तर्फ रोशन मगर र प्रशान्त तामाङले स्वर्ण पदक जित्नुभएको हो । यस्तै प्रतियोगितामा आकृति लामा, सफल भण्डारी, र आभाष श्रेष्ठले कास्य पदक जितेका छन् ।