२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भोलि भदौ २० गते देशभर सार्वजनिक बिदा

भोलि भदौ २० गते देशभर सार्वजनिक बिदा
सेयर गर्नुहोस्
०सेयर

हिन्दू धर्मावलम्बीको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलि भदौ २० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । भोलि बैंक तथा वित्तीय संस्था, सरकारी कार्यलय र शेयर बजार पनि बन्द हुनेछ ।

संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।