धादिङको नीलकण्ठ नगरपालिका–३ पुछारबजारमा रहेको किराना पसलमा चोरी भएको छ । गएराति पुछारबजारमा रहेको लम्साल किराना पसल फोडेर पसलमा रहेको सरसामान चोरी भएको हो ।

पसलमा रहेको केही पैसा, दुइ हजार बराबरको रिचार्ड कार्ड, चुरोट लगायतको सामाग्री चोरी भएको पसल संचालक बाबुराम लम्सालले बताउनुभयो । चाडपर्वको समयमा चोरी गर्नेहरु सक्रिय बनेका छन् । सबै सचेत हुने बेला आएको छ । पसलमा रहेका अन्य खाद्यान्न सामाग्रीहरु के कति लगे भन्ने यकिन भएको छैन । यति नै चोरी भयो भनि हाल्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो । चोरले ताला फोडेर पसल भित्र छिरेको र चोरी गरेपछि सबै ढोकाहरु जस्ताको त्यस्तै बनाएर गएको उहाँको भनाई छ ।

Facebook Comments