
धादिङ ज्वालामुखी गाउपालिका –१ स्थित बुढीगण्डकी नदि किनारमा एकजनाको शव फेला परेको छ ।
आज शनिबार ४ बजेको समयमा शवफेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतक गोरखाको गण्डकी गाउंपालिका–३ बस्ने बर्ष ४८ को युवराज रेग्मीभन्ने बुझिएको प्रहरीले जनाएको छ ।
शव परिक्षणको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।