
कतार : रोजगारीको शिलशिलामा कतारमा रहेका नेपालीहरुले रक्तदान गरेका छन् । नेपाल मगर संघ शाखा कतार र नेपाली रक्तदाता संघ कतारको समन्वयमा शुक्रबार कतारको हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रम गरिएको हो ।
बिहान ८ बजे देखि चलेको रक्तदान कार्यक्रममा दिउँसो २ बजे सम्म ७४ जना नेपालीले रक्तदान गरेका छन ।“सम्पुर्ण मगरहरुको एकता–अहिलेको आवश्यकता“ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सयोंजक रबिना मगरले जानकारी दिनु भयो ।
रक्तदान कार्यक्रममा एनसिसी कतार लगायत कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक सस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्तिथि रहेको थियो ।
मगर संघले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सफल बनाईदिएको भन्दै स्वयमसेवी रक्तदाताहरुलाई म्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
- राज श्रेष्ठ धादिङ अपडेट डटकमका कतार संवाददाता हुनुहुन्छ ।