२० बैशाख
इजरायल – नेपाली दुतावास इजरायलको आयोजनामा यस वर्ष २५६९ औं बुद्धजयन्ती तथा  (International Day of Vesak)  मनाउने भएको छ । मे १२, २०२५ सोमबारका दिन साँझ इजरायलको  (HaMeginim – 38, Herzliya Pituach) मा कार्यक्रम मनाउन लागेको हो । नेपाली दुतावास इजरायलको आयोजना तथा इजरायलमा स्थापित विभिन्न समाजिक संघ–संस्था र नेपालीहरुको सहकार्यमा कार्यक्रम हुने भएको छ । नेपाली दुतावास इजरायलले उक्त कार्यक्रममा उपस्थितिको लागि इजरायलमा रहेका सम्पूर्ण नेपाली र नेपाली भाषिहरुलाइ आमन्त्रण गरिएको छ ।

नेपालमा जन्मिएका विश्व शान्तिका अग्रदुत, अहिंसावादी सिद्धार्थ गौतमको २५६९ औं जयन्तीका अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी आपसी सद्धभाव, भातृत्व कायम गर्न बुद्ध जयन्ती मनाउन लागिएको नेपाली दुतावास इजरायलले जनाएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । विश्व शान्तिका लागि बुद्धले पु¥याएको योगदानको सम्झना र वर्तमान अवस्थामा सबैले बुद्धको ज्ञान, सन्देश बुझ्न र पालना गर्न आवश्यक रहेको छ ।

यस दिन नेपाल लगायत विश्वभरिका बौद्ध धर्मावलम्बीले बुद्ध जयन्ती मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायतका स्थलहरुमा बौद्ध धर्म गुरु, लामा बसेर परम्परागत रुपमा गर्दै आएको पुजा, पाठ गरिन्छ । यस अवसरमा नेपालको विशेष गरि लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने परम्परा रहेको छ ।

इसापूर्व ५६३ अर्थात झण्डै २५६९ वर्ष अघि रुपन्देही जिल्लास्थित लुम्बिनीमा पिता राजा शुद्धोधन र माता मायादेवीको कोखबाट बैशाख पूर्णिमा दिन भगवान बुद्धको जन्म भएको थियो । राजाको छोरा भएता पनि बुद्धले संसारभरिका मानिसले पाएका दुःख र पीडा देखि चिन्तित बने । त्यसपछि २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए । लामो समयको तपस्य पश्चात सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका थिए । विश्व शान्ति र अहिंसाका पुजारी बुद्धको ज्ञान र सन्देश अहिले विश्वभर फैलिएको छ । हाल विश्वभर बुद्ध र बुद्ध धर्मका अनुयायीहरु धेरैको संख्यामा बढि रहेका छन् ।

Facebook Comments