तामाङ भाषा र संस्कृति नेपालकै बहुमूल्य सम्पदा भएको धादिङको रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिं तामाङले बताउनुभएको छ । तामाङ भाषा र संस्कृति नेपालकै बहुमूल्य सम्पदा भएको उल्लेख गर्नुहुदै स्थानीय सरकार पनि यसको प्रवद्र्धनका लागि तयार रहेको बताउनुभयो ।

३१ औं तामाङ प्रशारण दिवसको अवसरमा तामाङ पत्रकार संघ जिल्ला कार्यसमिति धादिङले धादिङबेसीमा आयोजना गरेको समाज रुपान्तरणको सवाल, तामाङ पत्रकारहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तामाङले यस्तो बताउनुभएको हो । उहाँले भाषा–संस्कृति जोगाउन पत्रकारिताको योगदान अत्यन्त महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

२०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको एतिहासिक दिनलाई तामाङ समुदायले तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आएको छ । यस्तै कार्यक्रमलाइृ सम्बाधेन गर्नुहुँदै तामाङ पत्रकार संघ जिल्ला कार्यसमिति धादिङका अध्यक्ष निर तामाङले तामाङ भाषाको संरक्षण, प्रवद्र्धन र पत्रकारिता मार्फत प्रसारणलाई अझ प्रभावकारी बनाउन संघ निरन्तर प्रतिबद्ध रहने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले तामाङ प्रसारण दिवसले भाषा र संस्कृति बचाउन मात्र नभई तामाङ समुदायको पहिचान मजबुत बनाउन ठूलो योगदान गरेको बताएका थिए । यस्तै तमू (गुरुङ) सञ्चारकर्मी संघले पनि विभिनन कार्यक्रम गरि देशभर गुरुङ भाषा प्रशारण दिवस मनाएको छ ।

Facebook Comments