कात्तिक ४ ।
निम्न वर्गलाई मध्यम र मध्यम बर्गलाई धनी वर्गमा लैजान सरकारले उद्यमशील कार्यक्रमलाई प्राथमिकता दिएको छ । युवालाई उद्यमी बनाउन पनि विभिन्न कार्यक्रम ल्याएको छ ।

युवा उद्यम अन्र्तगत राष्ट्रिय युवा परिषद्ले करिब २२ करोड रुपैयाँ बराबरका तीन वटा कार्यक्रम युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई हस्तान्त्ररण गर्ने भएको छ । २० करोड रुपैयाँ बराबरको युवा उद्यम कार्यक्रम, ९४ लाखको शैक्षिक प्रमाणपत्रका आधारमा उद्यम सञ्चालनका लागि ऋण प्रदान गर्ने कार्यक्रम र ९० लाख रुपैयाँको राष्ट्रपति युवा महिला उद्यम कार्यक्रम कोषलाई हस्तान्तरण गर्ने तयारी भएको हो ।

राष्ट्रिय युवा परिषद्को गत असोज ७ मा बसेको बोर्ड बैठकले यस बारेमा निर्णय गरेको थियो । एकै प्रकारका कार्यक्रम एकै स्थानबाट सञ्चालन गर्ने सरकारको रणनीति अनुसार परिषद्ले कोषलाई तीन वटा कार्यक्रम हस्तान्तरण गरिएको हो । कार्यक्रम नचलाएपनि लाभग्राही छनौट, सिफारिस लगायतका काम भने परिषद्ले गर्ने भएको छ ।

यसैबीच जिल्लामा रहेकायुवा समिति र स्वरोजगार कोषकाकार्यालय एक आपसमा गाभिने भएका छन् । ७७ जिल्लामा रहेका जिल्ला युवा समिति र युवा स्वरोजगार कोष एकीकरण गर्नकालागि अर्थ र कानुन मन्त्रालयमा स्वीकृत मागिएको युवा परिषद्ले जनाएको छ ।

Facebook Comments