कात्तिक ५ ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाढीमा पिङबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

सोमबार बिहान पिङ खेल्ने क्रममा खसेर ५ बर्षिया बालिका ऋषा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बडादशैंमा पिङ खेल्नु पर्छ भन्ने परम्परा अनुसार हालिएको पिङमा बच्चालाई खेलाउदा पिङ बाट खसेर बालिका नेपालीको मृत्यु भएको सिन्धुलीका प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।

Facebook Comments