
कार्तिक २०,धादिङवेशी ।
रिलायन्स् लाईफ इन्सुरेन्स शाखा कार्यालय धादिङले मंगलबार रिलायन्स साथी देउसीभैलो कार्यक्रम गरेको छ।
सँस्कृति जगेर्नाका साथै विमा योजनाको बारेमा सर्वसाधरणलाई जानाकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको रिलाईन्स लाईफ ईन्सोरेन्स शाखा कार्यालय धादिङका बजार व्यवस्थापक शालिग्राम अधिकारीले जानकारी दिनुभयो।
२०७४ मंसिर १ गतेवाट नेपालमा आधिकारीक रूपमा व्यवसायिक कारोबार सुरू गरेको यस ईन्सोरेन्स कम्पनीले धादिङमा भने यहि श्रावण १ गतेबाट व्यवसायिक कारोबार सुरू गरेको हो।
सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित रिलायन्स लाईफ इन्स्योरेन्स लि.को कूल पूंजी रु.२ अर्ब १० करोड र चुक्ता पूंजी रु.१ अर्ब ४७ करोड रहेको छ । सो मध्ये बाँकी रहेको रु.६३ करोडको साधारण शेयर सर्व साधारणमा सार्वजनिक निष्काशन गरिने ब्रान्च म्यानेजर रमेश अधिकारीले बताउनुभयो ।
शुभ दिपावलीको शुभकामना दिनुहुँदै ब्रान्च म्यानेजर रमेश अधिकारीले ग्राहककेन्द्रित भएर संचालित यस ईन्स्योरेन्सले ग्राहकहरूको निम्ती जीवनका बिभन्न चरणमा आवश्यकपर्ने बचत र सुरक्षा सेवा प्रदान गर्नुका साथै ग्राहकहरुका निम्ती सदैव बिश्वोसनिय सेवा र झन्झट रहित दाबी रकम प्रदान गर्न केन्द्रित रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
देउसी-भैलो कार्यक्रममा इन्सोरेन्स कम्पनिका अभिकर्ताहरू, ब्रान्च म्यानेजर रमेश अधिकारी,बजार व्यवस्थापक शालिग्राम अधिकारी लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
फोटो हेर्नुहोस् : –


 
