पौष १५, धादिङ ।

आज तमू ल्होसार, धादिङ लगायत देशभर विविध कार्यक्रम गरी मनाइएको छ । गुरुङ समुदायले कुकुर वर्गलाई बिदाइ गरी मृग वर्गलाई स्वागत गरेर बिशेष उत्साहका साथ यो पर्व मनाएका छन् ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग परिवर्तनको दिनका रुपमा ‘तमु ल्होसार’ मनाइने गरिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष कुकुरको वर्ष थियो भने यस वर्ष मृगको वर्ष ९ फो ल्हो ० रहेको हो । ल्होसारको अवसरमा सदरमुकाम धादिङबेशीस्थित उद्योग वाणिज्य संघ परिसरमा गुरुङ संस्कृति झल्कने विविध सांस्कृतीक कार्यक्रमसहित शुभकामना आदनप्रदान कार्यक्रमका आयोजना गरिएकोे छ ।

तमु ह्युल छोज धीँ जिल्ला कार्य समिती धादिङले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । समुन्द्र तमु स्यो छोज धी जिल्ला कार्यसमिती धादिङका अध्यक्ष शान्तिमाया तमुस्योको अध्यक्ष्यतामा सञ्चालित कार्यक्रममा तमु ह्युल छोँज धी राष्टिय गुरुङ परिषदका सदस्य केवी गुरुङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङगीतिक प्रस्तुती रहेको थियो ।

Facebook Comments