२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

हेलिकप्टर दुर्घटना (अपडेट) : पाँच वटा शव भेटिए

हेलिकप्टर दुर्घटना (अपडेट) : पाँच वटा शव भेटिए
सेयर गर्नुहोस्
०सेयर

फागुन १५ ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेकाहरु जीवितै भेटिने सम्भावना कम देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएको जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ ।

‘हाम्रा साथीहरुले त्यहाँ पुगिसक्नुभएको छ, हवल्दारले हामीलाई जानकारी गराएअनुसार ५ वटा शव भेटिएको छ’, जिप्रका ताप्लेजुङका ड्युटी अफिसरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

पाथिभराबाट उडेको हेलिकप्टर पाथिभरा नजिकै तारेभिरमा दुघर्टना भएको हो ।

एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टरमा हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्रीका सल्लाहकार युवराज दाहाल र यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पासहित ६ जना रहेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राइले जानकारी दिनुभभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।