२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भारतमा मोदी फेरी प्रधानमन्त्री बन्दै,नेपालमा बहस सुरु

भारतमा मोदी फेरी प्रधानमन्त्री बन्दै,नेपालमा बहस सुरु
India's Prime Minister Narendra Modi greets Myanmar's State Counselor Aung San Suu Kyi before their meeting in the Presidential Palace in Naypyitaw, Myanmar September 6, 2017. REUTERS/Soe Zeya Tun
सेयर गर्नुहोस्
०सेयर

जेठ ११ ।
लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) को जितसँगै नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । मोदीको दोस्रो कार्यकालमा छिमेकीसँगको सम्बन्ध र आगामी दिनको परराष्ट्र नीतिका बारेमा नेपालमा पनि बिभिन्न कोणबाट छलफल भइरहेको छ ।

भाजपा हिन्दु राष्ट्रवादी पार्टी भएकाले त्यसको प्रभाव अन्य छिमेकी राष्ट्रमा पर्ने आँकलन भइरहेको छ भने भारतले अर्थ नीति कस्तो लिन्छ भन्नेहरू पनि छन् । भारत नेपालको सबभन्दा नजिकको छिमेकी देश भएका हुनाले उसले लिने नीतिले नेपाललाई प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन् । परराष्ट्रविद् प्राध्यापक डा लोकराज बरालले प्रधानमन्त्री नरेन्द्र मोदीको पुनरागमनले नेपालको राजनीतिमा कुनै प्रभाव नपार्ने बताउनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुनु नेपालको हितमा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट बधाई तथा अर्को कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको बताउँदै उहाँले दुई देशबीचको सम्बन्धलाई नयाँ शिराबाट उचाइमा लग्ने बारे दुवै प्रधानमन्त्रीबीच कुराकानी भएको सीआईएनलाई जानकारी दिनुभयो । पछिल्लो समय नेपाल–भारतबीचको सम्बन्धमा धेरै सुधार भएको उल्ल्ेख गर्दै भट्टराईले आगामी दिनमा दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप सुधार हुँदैजाने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।