नागरिकका समस्याहरुलाई स्थानीय तहसम्म पु¥याउन र स्थानीय तहले नागरिकका लागि सचालनमा ल्याएका नीति तथा कार्यक्रमहरु प्रत्येक नागरिकको कानसम्म पु¥याउन सामुदायिक रेडियोहरुले पुलको काम गरिरहेका छन् । स्थानीय स्तरको सुचना प्रवाहमा सामुदायिक रेडियोको भुमिकालाई कसैले नकार्न सक्दैन । सामुदायिक रेडियो समुदाय र सरकारलाई जोडने गतिलो आधार हो । रेडियोले दुरदराजका नागरिकका समस्या र गुनासाहरुलाई स्थानीय तहसम्म पु¥याउन र स्थानीय तहले दुरदराजका नागरिकको समस्या समाधानका लागि गरेको जिम्मेवारी बोधलाई नागरिकसम्म पु¥याउने काम गरिरहेको छ । आफ्ना स्थानीय सरोकारका कुरा आफ्नै भाषा र लवजमा सुन्न र राख्न पाउनु नै सामुदायिक रेडियोको विशेषता हो ।

स्थानीय सरकारको गठनपछि देश तिनै तहमा संघीयता कार्यान्यनका चरणमा रहेको हुँदा नागरिकका अपेक्षा पुरा गर्नका लागि अबसरसगै चुनौतिपनि रहेकोले चुनौतिलाई पारगर्दे संधिानबाट प्राप्त अधिकारको उपयोगका लागि नागरिकलाई जागरुक गराउन रेडियो नै संचारको सशक्त माध्यम भएको छ र त्यसमा पनि सामुदायिक रेडियोहरु अग्रपंतिमा छन् । देशको नयाँ संरचना संगै नागरिकको अपेक्षा र स्थानीय सरकारको नागरिक प्रतिको जिम्मेवारी र र्कतब्यलाई सूचनाका माध्यमबाट सर्बसाधारण सम्म पहुँच बढाउन रेडियोको भूमिका महत्वपुर्ण रहँदै आएको छ । सामुदायिक रेडियोहरुको विकाश बिना स्थानीय स्तरको विकास सम्भब छैन, त्यसैले त स्थानीय स्तरको विकाशका लागि सामुदायिक रेडियोहरुको विकाश हुन पनि आबश्यक छ । अर्को्तिर नागरिकको अपेक्षलाई सहि तरिकाले सम्बोधन गर्न सामुदायिक रेडियोहरु पनि बढी बिश्वसनिय र निश्पक्ष हुन आबश्यक छ ।

 

मुलुकको परिवर्तन, दिगो शान्ति स्थापनाका चुनौति र संक्रमणकालका अनेकौ बाधा र व्यवधानहरुबीच पनि नेपालका सामुदायिक रेडियाहरुेले अन्य सञ्चार माध्यमको पहुँच बाहिर रहेका नेपाली नागरिकलाई सूचना र विचार प्रवाह गरी सूसुचित बनाइरहेका छन् । नयाँ संविधानले व्यवस्था गरेको नागरिकका अधिकार र ऐतिहासिक उपलब्धि बारे नागरिकलाई सूचित र शिक्षित बनाउन सामुदायिक रेडियो निरन्तर क्रियाशिल छन् । नेपालमा प्रसारणमा आएका तीजसय ५० भन्दा बढी सामुदायिक रेडियोहरुको अधिकांश भूभागमा पहुँच पुगेको छ । रेडियो मार्फत नै नागरिकले सूचना, शिक्षा र मनोरञ्जनका साथै आफ्नो अभिव्यक्ति स्वतन्त्रताको उपभोग पनि गर्दै आएका छन् । 

स्थानीय सरकारका साथै नागरिकको सेवाको लागि स्थापित निकायलाई नागरिकप्रति उत्तरदायी र जवाफदेही बनाउन सकेमा संघिय लोकतन्त्र बलियो बन्दै जान्छ । सुशासनको अभ्यासले सरकार र नागरिकबीच विश्वासको जग बलियो बन्न पुग्छ । स्थानीय सरकारहरुलाई नागरिकप्रति जिम्मेवार बनाउन र सुशासनको अभ्यासलाई दिगो बनाउन सामुदायिक रेडियोहरुले सेतुको काम गर्न सक्छन् । सरकारका कामको नागरिकलाई सूचना पु¥याउनुका साथै सरकारी कदमबारे नागरिकका विचार, दृष्टिकोण एवं जनमत प्रकट गर्ने माध्यमसमेत सामुदायिक रेडियो भएका छन् । समाजमा निरन्तर प्रवाह हुने विचार र मतहरू राख्ने साझा चौतारी भएकाले सामुदायिक रेडियोले समाजको सकारात्मक रूपान्तरणमा अमूल्य योगदान पु¥याएको छ भनेर ठोकुवा गर्न सकिन्छ ।

सूचना, मनोरञ्जन र शिक्षामा स्थानियस्तरको स्वाद बोकेर सामुदायिक रेडियोले प्रसारण गरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्ययम रेडियो नै हुन पुगेको छ । बिजुली नै नपुगेको ठाउँ र लोडसेडिङ भइरहने ठाउँमा त झन् रेडियो महत्वपूर्ण ठूलो छ । अझ दुर्गम ग्रामीण क्षेत्र र पत्रपत्रिका समयमा पुग्न नसक्ने ठाउँमा खुलेका सामुदायिक रेडियो त सूचनाको प्रमुख आधार हुन पुगेको छ । नेपालमा यी सामुदायिक रेडियोको विकासको इतिहास धेरै लामो नभए पनि यसको प्रभावकारिता बढ्दै गइरहेको छ । अहिले रेडियोको विकासमा दक्षिण एसियामा नेपाल अग्रपंतिमा रहेको छ भने विश्वलाई नै नयाँ नमुना प्रस्तुत गरेको छ । सरकारले रेडियोसम्बन्धी स्पष्ट नीति नियमको व्यवस्था नगरेर पनि सामुदायिक रेडियोको दिगो विकासका लागिसमस्या परेको छ । सामुदायिक रेडियोको आर्थिक अवस्था राम्रो छैन । यी रेडियोको दिगो विकासको चुनौतीलाई दृष्टिगत गर्दै सामुदायिक रेडियोको दिगो विकासको लागि पहल हुनु आवश्यक छ र यसमा स्थानीय सरकार महत्वपूर्ण साझेदार बन्न सक्नुर्पछ ।

विकासोन्मुख मुलुकका लागि सामुदायिक रेडियोले समग्र जनतालाई  विकासको मूलधारमा ल्याउन ठूलो भूमिका खेलेको छ । 


नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि सामुदायिक रेडियोले समग्र जनतालाई विकासको मूलधारमा ल्याउन ठूलो भूमिका खेलेको छ । आवाज बिहिनहरुको आवाज, आर्थिक र सामाजिक रुपान्तरणको लागि परिवर्तन र विकासका लागि योजनावद्ध प्रयास, सामाजिक जनचेतना जगाउने सामाजिक अभियान, समाज परिवर्तन र विकासको संवाहकको रुपमा नेतृत्दायी र उत्तरदायी ढंगले अघि बढीरहेको छ । सार्वजनिक हित, गैरनाफामूलक उद्देश्य, जनकल्याण, नागरिक हितका लागि सूसुचित गर्नु सामुदायिक रेडियोको कर्तव्य हो ।

सामुदायिक रेडियोमा स्थानीय भाषा साहित्य कला र संस्कृति सुदृढीकरण र विकास तथा स्थानीय समस्या र चासोको विषयलाई बढी प्राथमिकता, जनसाधारणको आवश्यकता, रुची, समुदाय उपयोगी तथा समय सान्दर्भिकता विषयहरुलाई ख्याल गरेर बालबालिका, युवा, शिक्षा, स्वास्थ्य, वातावरण, जनजाति र महिला जागरण, कृषि, विज्ञान प्रविधि, धार्मिक आध्यात्मिक सम्बन्धित धेरै शिक्षामूलक कार्यक्रमहरु प्रसारण गरिरहेका छन् ।

लोकतन्त्रको सबैभन्दा सुन्दर र सबल पक्ष नागरिकले स्वतन्त्रतापूर्वक विचार व्यक्त गर्न पाउनु हो । लोकतान्त्रिक मुलुकमा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले सुनिश्चित गरेको हुन्छ । नागरिकले यस्तो हक स्वतन्त्र मिडिया मार्फत सजिलै उपभोग गर्न पाउँछन् । लोकतान्त्रिक व्यवस्थामा मिडिया बढी स्वतन्त्र हुन्छ । लोकतन्त्र र मिडियाले एकअर्काेलाई बलियो बनाउँछ । सामुदायिक रेडियो स्थापनाका पछाडि सर्वसाधारण नागरिकलाई रेडियोको मालिक बनाउने अभिप्राय थियो । यसमार्पmत तिनको आवाज पहिले स्थानीय सरकार र अन्ततोगत्वा सिंहदरबारसम्म पु¥याउन र राज्यको नीति निर्माणमा उनीहरुको सहभागिता बढाउन सहयोग पुग्ने परिकल्पना गरिएको थियो । अधिकांश नेपालीमा आर्थिक दुरावस्था र भौतिक पूर्वाधारको अभाव छ ।

यस्तो पृष्ठभूमिमा आम नेपालीका लागि सामुदायिक रेडियो अभैm पनि सञ्चारको सबभन्दा सशक्त माध्यम हो । त्यसैले स्वतन्त्र स्थानीय सामुदायिक रेडियोमार्पmत संविधानले प्रत्याभूत गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको निर्बाध उपभोगलाई सहज बनाउँन अब स्थानीय सरकारहरुले सामुदायिक रेडियोलाई सहयोग गर्नुपर्छ । नीतिनिर्माण गर्दा सर्वसाधारण नागरिकको प्रत्यक्ष चासो र तिनको सरोकारका विषयमा रेडियोको भूमिकालाई कसरी जोड्ने भन्नेतर्पm पर्याप्त ध्यान दिनुपर्छ । अब हाम्रा स्थानीय तहले सामुदायिक रेडियोसँग सहकार्य गरेर सामाजिक रुपान्तरण, विकास र समृद्धिमा हातेमालो गर्नुपर्छ । सामुदायिक रेडियोहरु पनि समृद्धि र विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न तयार हुनुपर्छ ।

Facebook Comments