धादिङमा शनिबार थप २ जनामा कोरोना भार्ईरस पुष्टि भएको छ । सङ्कास्पद व्यक्तिहरुको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणको लागि काठमाडौँ पठाईएको २ जनामा कोरोना भाईरस पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
शनिबार कोरोना भाईरस पुष्टि हुनेमा नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ४ का २२ बर्षिय पुरुष र त्रिपुरा सुन्दरी गाउपालिका सल्यानटारका २८ बर्षिय पुरुष रहेका छन् । यो सगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ सय ७३ जना पुगेको छ ।
त्यस्तै शनिबार रुविभ्याली गाउपालिकाका २२ जनाको पिसिआर परिक्षणको रिपार्ट नेगेटिभ अर्थात कोरोना भाईरस नभएको आएको पनि जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।