धादिङमा शुक्रबार एकै दिन २ जना कोरोना भाईरस सङ्क्रमतिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ३ का ८७ बर्षीया महिला र बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ७ का ४५ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

मृतक महिलामा श्वासप्रश्वासको समस्या रहेको र उपचारको क्रममा काठमाडौमा मृत्यु भएको हो भने मृतक पुरुषमा प्रेशरको समस्या रहेको र उपचारको लागि लादै गर्दा बाटैमा ज्यान गएको छ । योसगैँ जिल्लामा ६ जना कोरोना भाईरस सङ्क्रमीतको मृत्य भएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

थप २८ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि

धादिङमा शुक्रबार थप २८ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा बेनिघाट रोराङ गाउपालिकाका २० जना, नीलकण्ठ नगरपालिकाका र गजुरी गाउपालिकाका २/२ जना, धुनीबेशि नगरपालिका, खनीयाबास, त्रीपुरासुन्दरी र नेत्रावती डबजोङ गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा बेनीघाट रोराङ गाउपालिका वडा नम्बर ५ र ७ का १०/१० जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का २७ बर्षको महिला, ३१ बर्षको पुरुष, गजुरी गाउपालिका वडा नम्बर १ का ३० र ३८ बर्षका महिला रहेका छन् ।

त्यस्तै धुनीबेशि नगरपालिका वडा नम्बर ६ का ४५ पुरुष, खनीयाबास गाउपालिका वडा नम्बर ५ का ६० बर्षका पुरुष, त्रीपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का ४२ बर्षका पुरुष र नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ३ का ८७ बर्षका महिला रहेका छन् । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ५ सय ९९ पुगेको छ ।

कन्ट्याक्ट टे«सिङको आधारमा नेत्रावती डबजोङ गाउपालिकाका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

Facebook Comments