२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको थाँक्रेमा बोलेरो र ट्रक दुर्घटना, एक घाईते

धादिङको थाँक्रेमा बोलेरो र ट्रक दुर्घटना, एक घाईते
सेयर गर्नुहोस्
०सेयर

पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ स्थित खेस्टे खोलामा आज विहान पौने ७ बजे बोलेरो र ट्रक एक आपसमा ठक्कर खाँदा एक जना घाईते भएका छन् ।

काठमाण्डौंबाट गजुरीतर्फ आउँदै गरेको ना ४ च ४१३२ नम्बरको बोलेरो अनियन्त्रित भई विपरित दिशाबाट आईरहेको ना ६ ख ५६०४ नम्बरको ट्रक सँग ठोक्कीन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

घाईते हुनेमा सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का ३४ वर्षिय बोलेरो चालक रामकृष्ण भुजेल छन् । घाईते भुजेलको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।