
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमान डाँडामा आईतबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा अध्यक्ष बिजयराज इटनीको अध्यक्षतामा सम्पन्न् भएको शिविरमा कार्यपालिका सदस्य गन्डकी खतिवडाको आतिथ्यतरहेको थियो ।
शिविरमा १ सय १७ जना कृषकले सेवा लिएका थिए । साना तथा ठुला गरी १ हजार ४ सय ९० पशको स्वास्थ्य जाँच गरिएको छ ।

लोकल कुखुरा २ हजार तथा २७ कुकुरलाई एन्टिरेविज भ्याक्सिन, १६ बन्ध्याकरण, २ सय ७८ पशुको गोवर परिक्षण संगै आन्तरिक र बाह्य परिजिवी नियन्त्रणको र अन्य रोगहरुको नि–शुल्क औसधि बितरण गरिएको सुवास खतिवडाले जानकारी दिनुभयो ।











