२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टि
सेयर गर्नुहोस्
०सेयर

पछिल्लो २४ घण्टामा धादिङमा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ योसँगै देशभर थप ३ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा थपिएका अधिकांश सङ्क्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना सङ्क्रमित फेला परेका छन् ।

गत बिहिबार देखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २ सय ६० सङ्क्रमण पुष्टि भएको छ । यसअवधिमा ४ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९ सय ६१ सक्रिय सङ्क्रमित रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।