२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

थप ६७ जनामा कारोना भाइरसको संक्रमण पुष्टि, १६ जना कोरोना संक्रमण मुक्त

थप ६७ जनामा कारोना भाइरसको संक्रमण पुष्टि, १६ जना कोरोना संक्रमण मुक्त
सेयर गर्नुहोस्
०सेयर

धादिङ सोमबार थप ६७ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा धुनिबेसी नगरपालिकामा २, गल्छी गाउपालिकामा ४८, ज्वालामुखी गाउपालिकामा १, नेत्रावाति डबजोङ गाउपालिकामा ७ र थाक्रे गाउपालिकामा ३ जना रहेका छन् ।

सोमबार जिल्ला भित्र ६१ जनामा संक्रमण पुष्टिभएसँगै जिल्ला भित्र सकृय संक्रमितको संख्या ५२५ र जिल्ला बाहिरको सक्रिय संख्या २१५ गरेर धादिङ्गको जम्मा सक्रिय संक्रमितको संख्या ७४० पुगेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

यस्तै जिल्ला बाहिरको ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै धादिङमा सोमबार १६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।