˜आमा˜
आमा स्वास्थ्य कर्मी पेशा मेरो,
अस्पताल नै मेरो घर ।
छटपटिएका यि सारा बिरामी,
परिराछन् मेरै भर ।।
लौन कस्तो रोग आयो,
विश्व नै जोखिममा पर्या छ ।
सावधानी कमी भएर होला,
रोग जसलाई नि सर्या छ ।।
यो गर्मी मौसम तातो उउभ,
शरीर नै थाकेको छ ।
बढ्दो बिरामी उता आमाको यादले,
घर डाकेको छ ।।
आमा विरामी पर्दा
हजुरलाई पानी पट्टि,
लाउन सकिन ।
धेरै छन् विरामी आवश्यकता छ मेरो,
आउन सकिन ।।
हिम्मत नहारी बस्नुस् आमा,
खुषी बटुली बाँच्नु पर्छ ।
कोरोना जिति आउनेछु घर,
फेरी हामी हाँस्नु पर्छ ।।
पुरा गरी फर्की आउँछु,
सेतो कोटको जिम्मेवारी ।
भेट हाम्रो हुन्छ आमा,
बस्नुस् हिम्मत नहारी ।।
थुनेर ढोका सुरक्षित बस्नुस्,
बाहिर जाने इच्छा नराख्नुस् ।
बाँचे फेरि पछि भेटौला,
पाहुना आफन्त घरमा नडाक्नुस ।।
न बस्नुस् आमा कुरेर बाटो,
म आउने आशमा निराश बनेर
सेवाको जागिर नर्सिङ पेशा,
बस्याछु बिरामीको ऋणी बनेर ।।
नडुल्नुस् बाहिर कामै नपरी,
नीति नियम उलङघन गर्दै ।
अस्पतालमा खाली वेड छैन,
बाँचेका छन् छटपटी पर्दै ।।
आमा हजुरलाई देख्दा निशब्द छु,
शब्द नै रोकिएको छ ।
बिदा नबस्नु कर्मचारी,
सरकारको नियम तोकिएको छ ।।
कोरोना कहर दुरिले दुर,
आमा केहि गर्न सकिन ।
जोगाउदै ज्यान लगाउदै ध्यान,
आउनेछु एक दिन ।
- उर्मिला चित्रकार
बेलकोटगढी नगरपालिका ८, नुवाकोट











