२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेकपा एमाले पार्टी कार्यालय धादिङमा पनि आईशोलेसन बनाईने

नेकपा एमाले पार्टी कार्यालय धादिङमा पनि आईशोलेसन बनाईने
सेयर गर्नुहोस्
०सेयर

काेभिड १९ नया भेरियन्टकाे महामारीबाट जनतालाई बचाउन नेकपा एमालेले पार्टी कार्यालय समेत अस्पतालका लागि उपलब्ध गराउने भएकाे छ ।

नेकपा एकाले धादिङका सचिव अर्जुन श्रेष्ठ गाेर्खालीले पार्टीको सल्लाह बमाेजिम नेकपा एमाले कार्यालयलाई आईशोलेसन बनाउन दिने बताउनुभयाे । जनताहरु काेराेनाले थला परेकाे बेला पार्टी काम भनेकाे जनतालाई बचाउने भएकाेले काेराेना संक्रमित विरामी राख्ने आईशोलेसन बनाउन सरकारलाई पार्टी कार्यालय दिईने श्रेष्ठ काे भनाई छ ।

प्रधानमन्त्री केपि अाेलीले पार्टी कार्यकर्ता र संगठनहरलाई काेभिड विरुद्ध लाग्न निर्देशन दिएपछि एमालेले जिल्लाभर सचेतना अभियान समेत संचालन गरिरहेकाे र स्थानीय सरकारलाई समेत सघाएकाे छ । पार्टी कार्यालमा काेभिड उपचार गराउन अाईशाेलेशन राख्न समेत सरकारलाई अाग्रह गरिएकाे छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।