धादिङ अस्पतालमा अक्सिजन सिलिन्डरको संख्या १ सय ६१ पुगेको छ ।

१ सय ६१ मध्ये अस्पताल प्रशासनले खरिद गरेको ५३ र अन्य बाँकी १ सय ८ ओटा सिलिन्डर सहयोग प्राप्त भएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो । यि सिलिन्डर मध्ये १३ ओटा अक्सिजन सिलिन्डर भने काम नलाग्ने अवस्थामा रहेको वि.कले बताउनुभयो ।

अस्पतालले सञ्चालन गरेको ५० शैयाको अस्थायी कोभिड अस्पतालमा पनि सोही अक्सिजन सिलिन्डरको प्रयोग हुँदै आएको छ । अहिले धादिङ अस्पताललाई अक्सीजनको अभाव नभएको र दैनिक ३०÷३५ जनालाई अक्सिजन लगाउनुपर्ने विरामी आयो भने अहिले भईरहेको अक्सीजनले नपुग्ने सूचना अधिकारी वि.कले बताउनुभयो ।

यस्तै धादिङ अस्पतालमा अहिले १२ ओटा कन्सट्रेटर रहेको छ । गत जेठ १ गते कोरोना संक्रमित विरामीको उपचारमा अक्सिजन अभाव हुँदा नुवाकोट रिफर गर्नुपरेको थियो । भने रिफर गरिएको विरामीको मृत्यु भएको थियो ।

Facebook Comments