धादिङका १ सय ८५ जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका ३७ जना, ज्वालामुखी गाउपालिकाका ८० जना, त्रिपुरासुन्दरी गाउपालिकाका ३ जना, गंगाजमुना गाउपालिकाका १७ जना, थाक्रे गाउपालिकाका ३६ जना, धादिङ्ग अस्पतालमा १२ जान रहेका छन् । बुधबार संक्रमण पुष्टि हुने सबै जना जिल्लामा रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्ला भित्र १ हजार १ सय ५२ र जिल्ला बाहिर १ सय २६ गरी धादिङ्गको सक्रिय संक्रमीतको संख्या १ हजार २ सय ७८ पुगेको छ । संक्रमीतमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २८, संस्थागत आइसोलेसनमा २२ र होम आइसोलेसनमा १ हजार १ सय २ जना रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १६ र होम आइसोलेसनमा १ सय १० जना रहेका छन् ।
बुधबार ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमणका कारण निलकण्ठ नगरपालिकाका ६३ बर्षीय पुरुषको मृत्यु भएको छ । योसंगै जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ । त्यसैरी आज निलकण्ठ नगरपालिकामा ७८ जना, गजुरी गाउपालिकामा १० जना र थाक्रे गाउपालिकामा २२ जना गरि १ सय १० जनाको स्वाव संकलन भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।









