धादिङमा एकैदिन अहिले सम्मकै धेरै थप ३ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने ३ सय १८ जना नै जिल्लाभित्र रहेका छन् ।

जसमा निलकण्ठ नगरपालिकाका १ सय ८० जना, गजुरी गाउपालिकाका २ जना, बेनिघाट रोराङ गाउपालिकाका ६ जना, ज्वालामुखी गाउपालिकाका ६८ जना, त्रिपुरासुन्दरी गाउपालिकाका ३ जना, गंगाजमुना गाउपालिकाका १९ जना, नेत्रावती डबजोङ गाउपालिकाका ३ जना थाक्रे गाउपालिकाका २२ जना, रुबिभ्यालि गाउपालिकाका ३ जना, धादिङ हस्पिटलमा १२ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

सोमबार डिस्चार्ज हुनेको संख्या १ सय ४२ रहेको छ । योसगैँ जिल्ला भित्र १ हजार ४ सय ८२ र जिल्ला बाहिर १ सय ३० गरि जिल्लाको सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १२ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसानमा १ हजार ४ सय ४४ रहेका छन् ।

जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १ सय ५ रहेका छन् । त्यसैगरी गंगाजमुना गाउपालिकाका ७१ बर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

यो संगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । सोमबार १ सय ३६ स्वाब संकलन गरीएको छ भने १ सय ५ जनामा एन्टीजेन परिक्षण गरीएकोमा ५४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments