ऐतिहासिक तथा धार्मिक महत्व रहेको धादिङ र नुवाकोट जिल्लाको सिमानामा पर्ने ज्याम्पल गोम्बोमा गुरु रिन्पोर्छेको मुर्ती बन्दैछ ।

नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्तिचक्र संघको पहलमा ज्याम्पल गोम्बो क्षेत्रमा साढे १६ फिटको गुरु रिन्पोर्छेको मुर्ति बनाउन लागिएको स्थानीय धनसुर वाइबाले जानकारी दिनुभयो । ज्याम्पल गोम्बोमा परापुर्व कालमा लामागुरुहरुले ध्यान बस्ने गरेको, ध्यान बस्न निर्माण गरिएको गुम्बाको भग्नावशेष फेला परेकोले त्यही ठाउमा साढे १६ फिटको मुर्ति बनाउन सुरु गरिएकोे वाइबाले जानकारी दिनुभयो ।

ऐतिहासिक महत्व बोकेको उत्तरी धादिङको वाका क्षेत्र पछिल्लो समय पर्यटनको गन्तव्य बन्दै गएको छ । वाका क्षेत्रको चुचुरोमा रहेको ज्याम्पल गोम्बामासाढे १६ फिटको गुरु रिन्पोर्छेको मुर्ति निर्माणपश्चात वाका क्षेत्रको सुन्दरता अझै बढेर जाने र पर्यटकको लागि आकर्षणको केन्द्र बन्ने आशाा गरिएको छ । गुरु रिन्पोर्छेको मुर्ति निर्माणको लगभग ५० प्रतिशत काम सम्पन्न भइसकेको धनसुर वाइबाले जानकारी दिनुभयो ।

धादिङ र नुवाकोट जिल्लाका स्थानीयहरुको सहयोगमा मुर्ति निर्माण भइरहेको वाइबाले बताउनुभयो । अहिले मुर्ति निर्माणको लागि धनसुर वाइबा, सुकराम तामाङ लगायत उत्तरी धादिङको गैरा गाउका स्थानीयहरुले श्रमदान गरिरहेका छन् ।

मुर्ति २१ फिटको निर्माण गर्ने भनिएपनि साढे १६ फिटको मात्र बन्ने वाइबाले जानकारी दिनुभयो । वाका क्षेत्र र ज्याम्पल गोम्बो क्षेत्रमा नेत्रावती डबजोङ गाउपालिकाको वडा नम्वर ३ मा अवस्थित गैरा गाउबाट १ घण्टाको पैदाल यात्रा गरेपछि पुग्न सकिन्छ । यस्तै त्यस क्षेत्रमा पुग्न धादिङ र नुवाकोट जिल्लाको दुवैतर्फबाट सवारी साधनमा पनि पुग्न सकिन्छ ।

Facebook Comments