धादिङमा शनिबार थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा बेनिघाट रोराङ गाउपालिका र रुबिभ्यालि गाउपालिकाका ४/४ जना, धुनिबेसि नगरपालिकाका ३ जना, निलकण्ठ नगरपालिका, सिद्धलेक गाउपालिका, गजुरी गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका, ज्वालामुखी गाउपालिकाका १/१ जना र धादिङ्ग हस्पिटलमा ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

शनिार एन्टीजेन परिक्षण गरिएका ५६ जनामध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैँ जिल्ला भित्र ६ सय ३४ र जिल्ला बाहिर ८१ गरी जिल्लाको सक्रिय संक्रमितको संख्या ७ सय १५ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ३० र होम आइसोलेसनमा ५ सय ९१ जना रहेका छन् ।

त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ रहेका छन् । शनिबार ७२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

Facebook Comments