२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

निषेधाज्ञा असार ३१ गते सम्म लम्बियो विहान ६ बजेदेखी साँझ ६ बजे सम्म पसल खोल्न पाईने

निषेधाज्ञा असार ३१ गते सम्म लम्बियो विहान ६ बजेदेखी साँझ ६ बजे सम्म पसल खोल्न पाईने
सेयर गर्नुहोस्
०सेयर

धादिङमा जारी निषेधाज्ञा असार ३१ गतेसम्मको लागि लम्बिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति धादिङको आज बसेको बैठकले निषेधाज्ञा ३१ गते राति १२ बजेसम्मको लागि लम्बाएको हो । बैठकले बिहान ६ बजे देखि साँझ ६ बजे सम्म पसल व्यवसाय संचालन गर्न दिने निर्णय गरेको छ । होटेल रेष्टुरेन्ट, स्वीमिङ पुल, हाटबजार, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन, ब्युटीपार्लर भने अझै संचालन गर्न नपाउने निर्णय गरेको छ ।

पछिल्लो समय समितिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञालाई थप खुकुलो बनाउदै लगेको छ । नागरिकहरुलाई कोरोना भाइरसको जोखिमबाट सुरक्षित भएर बस्न स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण रुपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।