२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ : ६८ जना कोरोना संक्रमणमुक्त, ५१ जनामा कोरोना पुष्टि

कोरोना अपडेट धादिङ : ६८ जना कोरोना संक्रमणमुक्त, ५१ जनामा कोरोना पुष्टि
सेयर गर्नुहोस्
०सेयर

धादिङमा मंगलबार थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार थाक्रे गाउपालिकामा ४, रुबिभ्यालिमा २, गल्छीमा १, गजुरीमा १, गंगाजमुनामा १६, ज्वालामुखीमा २, धुनिबेसिमा ६, धादिङ्ग हस्पिटलमा १९ गरेर मंगलबार जिल्लामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्ला भित्र ५०३ र जिल्ला बाहिर २३ गरेर धादिंगमा सक्रिय संक्रमितको संख्या ५२६ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १९, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसनमा ४६७ रहेका छन् ।

त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ५ र होम आइसोलेसनमा १८ रहेका छन् । मंगलबार धादिङमा ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।