२ साउन,२०७८

नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले सोमबारका लागि केन्द्रिय कमिटीको बैठक बोलाएको छ । साथै सोमबारको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नको लागि आईतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको नेकपा एमाले केन्द्रिय कार्यालयका सचिव शेरवहादुर तामाङले बताएको छ ।

असार २८ गतेको सर्वोच्च अदालतको फैसला पछिको नयाँ परिवेश, पार्टीभित्रको आन्तरीक विवाद समाधान र पार्टी विवाद समााधानको लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौता कार्यान्वयको विषयमा थप छलफल गरी निर्णय गरिने जनाएको छ । साथै सोमबारको केन्द्रीय कमिटी बैठकले १० बुँदे सम्झौतालाई अनुमोदन गरी शेर बहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिने सम्भावना रहेको छ ।

यता वरिष्ठ नेता माधव कुमार नेपालले भने पार्टी विवाद समाधानको लागि कार्यादलले तयार गरेको १० बुँदामा असन्तुष्टि जनाएको छ । भने यस अघि सर्वोच्चमा अदालतमै उपस्थित भई शेर बहादुर देउवालाइ प्रधानमन्त्री बनाउनको लागि दिएको समर्थन कायम राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताईसकेको छ । साथै सत्ता सझेदारीको विषमा समेत वर्ता भइरहेको जनाएको छ ।

केपी शर्मा ओलि नेतृत्वको सरकार गत असार २८ गतेको सर्वोच्च अदालतको फैसला तथा परमादेशबाट विस्थापित भएपछि पार्टी भित्रको विवाद झन पेचिलो बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलिले माधव नेपाललाइ आफ्नै पार्टी नेतृत्वको सारकार हटाउन विपक्षीसँग गठबन्धन गरेको, आफ्नै पार्टीको प्रधानमन्त्रीलाइ विश्वासको मत नदिएको, पार्टीको ह्वीप उल्लंघन गरेको र पार्टी हित विपरीका काम गरेको आरोप लगाएको छ ।

नेकपा एमालेको शुक्रबार बसेको स्थायी कमिटिको बैठकले पार्टी विवाद समाधानको कार्यदलले तयार गरेको दश बुँदा अनुमोदन गरिे १० सदस्यीय कार्यदल पनि शुक्रबारदेखी भंग गरिएको छ । यद्यपी कार्यदलका सदस्यहरु भने शनिबार पनि विवाद समाधान र पार्टी एकताको लागि भन्दै अनौपचारीक छलफलमा जुटेको छ ।

आईतबारको लागि तय गरिएको स्थायी कमिटी र सोमबारको लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकमा सबैलाई जानकारी गराएको नेकपा एमाले केन्द्रिय कार्यालयले जनाएको छ ।

Facebook Comments