भूमि आयोग विघटनको निर्णय, तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरीम आदेश

२५ साउन, धादिङ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गत हप्ता भूमि सम्बन्धि समाधान आयोग विघटन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरुद्धमा विघटित भूमि सम्वन्धि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज विपक्षीका नाममा उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले अन्तरिम अदेश सम्बन्धमा छलफलका लागि भदौ १ गते पेशी तोकी सरकार पक्षलाई पनि झिकाउन आदेश दिएको छ । त्यतिन्जेलसम्म आयोगका काम कारवाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

वर्तमान सरकारले उक्त आयोग विघटन गर्ने निर्णय गरेसँगै सरकारको चौतर्फी रुपमा विरोध हुँदै आएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्वको सरकारले नेपालको संविद्यानमा उल्लेख गरिएको मौलिक हक अन्र्तगत दलित, भूमिहिन, सुकुम्बासी र अव्यवस्थित सबै नेपालीहरुलाई जग्गा उपलब्ध गराउने उदेश्यका साथ आयोग गठन गरी काम अघि बढाएको थियो । आयोगले यस बीचमा अधिकांश स्थानीय निकायहरुसंग सम्झौता गरी आवश्यक प्रकृयाहरु अगाडी बढाईरहेको अवस्थामा सरकार परिवर्तन हुनासाथ आयोग विघटनको निर्णय गरेको थियो ।

महाधिवेशन सार्ने तयारी भएकोमा काँग्रेस वरिष्ठ नेता पौडेलको आपत्ति

Nepali Congress party leader and sole candidate for Prime Minister’s post Ram Chandra Poudel leaves the parliament in Katmandu, Nepal, Thursday, Oct. 7, 2010. Nepal’s parliament has failed again to elect a new prime minister, prolonging the Himalayan nation’s political uncertainty. (AP Photo/Binod Joshi)

पार्टीको आसन्न महाधिवेशनको मिति फेरि सार्न लागिएको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नुभएको छ ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार सार्वजनिक गर्दै पौडेलले पार्टी सभापति देउवाको नाम उल्लेख नगरी सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको टिप्पणी गर्नुभएको हो ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।

आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु¥याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्बाही अरु के हुन्छ ?यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्ति वारम्बार सत्ता समाल्न पुग्छन् ।’ पौडेलले लेख्नुभएको छ ।

कोरोना अपडेट धादिङ : ५६ जनामा कोरोना संक्रमणमुक्त, २५ जनामा कोरोना संक्रमण पुष्टी

धादिङका २५ जनामा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा धुनिबेसि नगरपालिकामा १ जना, गजुरी गाउपालिकामा १ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ८ जना, ज्वालामुखी गाउपालिकामा ४ जना र सिद्धलेक गाउपालिकामा ११ जनामा पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

आइतबार एन्टीजेन परिक्षण गरीएका ९८ जनामध्ये १४ जनमा पोजिटिभ आएको छ । योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ३ सय ८६ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा ३ सय ७६ रहेका छन् ।

आइतबार ५६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै आइतबार निलकण्ठ नगरपालिकामा ३१ जनाको स्वाब संकलन गरीएको छ ।

भ्वाइस अफ नेपाल सिजन-३ को ट्रफी किरण गजमेरलाई

भ्वाइस अफ नेपाल सिजन-३ को विजेता  किरण गजमेर बनेका छन् । शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै किरण विजेता बन्न सफल भएका हुन् ।

टिम प्रमोदका गजमेरले फिनालेमा मन्त्र ब्यान्डको हिमाली नेपाली बोलको गीतमा प्रस्तुति दिएका थिए । विजेता भएसँगै किरणले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गर्नुभएको छ ।

झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएकाकिरण भुटानबाट सर्वस्व त्यागेर उनको परिवार नेपाल आएका थिए ।

हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिनुभएको छ

भ्वाइसको कार्यक्रममा गायिका प्रविशा अधिकारी, राजेश पायल राईले गायन प्रस्तुति दिएका थिए ।

कोरोना अपडेट धादिङ : ४८ जना कोरोना संक्रमणमुक्त, ३० जनामा कोरोना संक्रमण पुष्टी

कोरोना अपडेट धादिङ

धादिङमा शनिबार थप ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा बेनिघाटमा १६, नेत्रवातिमा ५ र धादिङ्ग हस्पिटलमा ९ जना रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रिय संक्रमितको संख्या ४ सय १७ पुगेको छ । यस्तै शनिबार ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा हस्पिटल आइसोलेसनमा ८ र होम आइसोलेसनमा ४०९ रहेका छन् । धादिङ्ग हस्पिटलमा २० स्वाब संकलन भएको छ । १३५ एनटीजेन परिक्षण मध्ये ३० पोजिटिभ आएको छ ।

 

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए ।

५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।

शनिबार नै बसेको बोर्डको बैठकले कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ ।

एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटलगायतबाट हेर्न सकिनेछ ।

कक्षा १२ को परिक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । यसअघि एक महिना अघि परीक्षा तालिका सार्वजनिक गरिन्थ्यो ।

गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो ।

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य मन्त्रालयले निकट भविष्यका अबका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई यस्तो सिफारिस गरेको हो।

संक्रमण फैलँदै गएको अवस्थामा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील हुनुपर्ने भएकाले परीक्षा स्थगनका लागि सिफारिस गरिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभयो ।

कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक भइसकेको छ।

यसैगरी कोभिड संक्रमण बढ्दै गइरहेको बेला हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्न माग गर्दै समाजशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्। उनीहरूले नो भ्याक्सिन, नो एक्जाम नारासहित प्रदर्शन गरिरहेका छन्।

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज अबिलम्ब सच्चाउन माग

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज पछि अहिले दशैभर त्यसको विरुद्ध विरोध भएको छ। यसैक्रममा अखिल नेपाल किसान महासंघले पनि  नेपाल सरकारको निर्णय अबिलम्ब सच्चाउन माग गरेको छ ।

अखिल नेपाल किसान महासंघले शुक्रबार धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउदै आयोग खारेज गर्ने निर्णयले भूमिहीनमाथि घोर अन्याय हुने भन्दै अबिलम्ब सच्चाउन माग गरेको हो ।

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानआकर्षण भएको पनि अखिल नेपाल किसान महासंघले जनाएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी समुदाय लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन गर्नका लागि २०७६ चैत्र ९ गते आयोग गठन गरिएको थियो ।

नेपालको संविधानले प्रदत्त गरेको अधिकार अनुसार गठन गरिएको आयोगले धमाधम काम गरिरहेको, सबै स्थानीय तहसंग कार्यसम्पादन सम्झौतासमेत गरी, भूमिहीनको लगत संकलन, प्रमाणीकरण गरी भूमिहीनलाई जमिन वितरण गर्न आवश्यक जमिनको चाजोपाजोसमेत मिलाएको अवस्थामा आयोग विघटन गर्ने सरकारको निर्णयले भूमिहीन फेरी जमिन पाउने अधिकारबाट बञ्चित हुने ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझाउदै अखिल नेपाल किसान महासंघका धादिङ जिल्ला इन्चार्ज अरुणकुमार लामाले राजनीतिक प्रतिशोध लिने मनसायले गरिएको यस निर्णयले भूमिहीनमाथि घोर अन्याय भएको हुँदा आयोग खारेज गर्ने निर्णय सच्चाउन जरुरी रहेको बताउनुभयो ।

यस्तै सरकारको निर्णय नसच्याए भूमिहीन किसानको भूमि पाउने संवैधानिक अधिकार स्थापनाका लागि अखिल नेपाल किसान महासंघ आम भूमिहिन किसान आन्दोलन गर्न बाध्य हुने समेत बताउनुभयो ।

कोरोना अपडेट धादिङ : ७१ जना कोरोना संक्रमणमुक्त, ३० जनामा कोरोना पुष्टि

धादिङका ३० जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा ६ जना, धुनिबेसि नगरपालिकामा ४ जना, गल्छी गाउपालिकामा २ जना, ज्वालामुखी गाउपालिकामा ५ जना, गंगाजमुना गाउपालिकामा १२ जना, नेत्रवति डबजोङ गाउपालिकामा १ जना पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

शुक्रबार एन्टीजेन परिक्षण गरिएका ७१ जनामध्ये २१ जनामा पोजिटिभ आएको छ । योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ४ सय ३५ पुगेको छ ।

संक्रमितमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ५ र होम आइसोलेसनमा ४ सय ३० रहेका छन् । शुक्रबार ७१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै शुक्रबार सिद्धलेक गाउपालिकामा २८ जनाको स्वाब संकलन गरीएको छ ।