स्वतन्त्र नागरिक अभियान धादिङद्वारा एमसीसी विरुद्ध विरोध प्रदर्शन

स्वतन्त्र नागरिक अभियान धादिङले मंगलबार पनि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध धादिङबेसीमा विरोध प्रदर्शन गरेको छ ।

केहि सीमित व्यक्तिहरुका लागि एमसीसी बरदान भएपनि नेपालको देशको सार्वभौमिकता र बहुसंख्यक जनताको लागि घातक भएकोले यसलाई कुनै पनि हालतमा सदनबाट पास गर्न नहुने बरु नेपालबाटै फिर्ता पठाइदिनु पर्ने प्रदर्शनकारीहरुले बताएका छन् । यस अघि गत साउन १६ गते शनिबार पनि एमसीसी विरुद्ध धादिङवेशींमा विरोध प्रर्दशन गरेको थियो ।

एमसीसीको विषयमा नेपालमा कतिपयले एमसीसी सिधै पास गराउनु पर्ने, कतिपयले संशोधनसहित पारित गर्नुपर्ने भनेर बहस तथा छलफल गर्दै आएको छ भने एमसीसी कतिपयले राष्ट्रघाती संझौता भएकोले कुनै पनि हालतमा गर्न नहुने भन्दै विरोध गर्दै आएका छन् ।

कोरोना अपडेट धादिङ : ३२ जना कोरोना संक्रमणमुक्त, ३७ जनामा कोरोना पुष्टी

धादिङमा मंगलबार थप ३७ जनामा कोरोना पुष्टी भएको छ ।

कोरोना संक्रमण पुष्टी हुनेमा निलकण्ठमा २, धुनिबेसिमा १, गल्छीमा २, ज्वालामुखीमा ६, त्रिपुरासुन्दरीमा ३, गंगाजमुनामा ५, सिद्धलेकमा १ र धादिङ्ग हस्पिटलमा १७ जना रहेका छन् । यो सँगै जिल्लामा कोरोना संक्रिय संक्रमितको संख्या ४ सय ७३ पुगेको छ ।

यस्तै मंगलबार ३२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्लामा हस्पिटल आइसोलेसनमा ६ र होम आइसोलेसनमा ४६७ रहेका छन् । जिल्लामा मंगलबार स्वाब संकलन भएको छैन । १५९ एनटीजेन परिक्षण मध्ये ३३ पोजिटिभ आएको छ ।

गंगाजमुना गाउँपालिकाद्वारा मंगलबार २ जना गर्भवतीको हेलिकप्टरबाट उद्धार

धादिङको गंगाजमुना गाउँपालिकाले मंगलबार सुरक्षित प्रशुतीका लागि हेलिकप्टरबाट दुई जनालाई काठमाडौं पठाएको छ ।

गंगाजमुना गाउँपालिका २ बस्ने २९ वर्षिया जोकर सिरि तामाङ र ३० वर्षिया समिक्षा तामाङलाई सुरक्षित प्रशुतीका लागि हेलिकप्टरबाट काठमाडौं पठाएको हो ।

जोकर सिरि तामाङ र समिक्षा तामाङ लाई २ दिन देखि लामो प्रशव व्यथा लागेकोेले दुबै जना गर्भवतीलाइ रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टर मार्फत हवाइ उद्दार गरि काठमाडौं पठाइएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो ।

गाउँपालिकाले गाउँपालिका भित्र सुरक्षित प्रशुती गराउन कठिनाई भए निशुल्क हेलिकप्टर उपलब्ध गराउँदै आएको छ । गाउँपालिको यो सुविधा यस अघि ४ जना गर्भवती महिलाले लिई सकेका छन् । गंगाजुमनाले गाउँपालिकामा सुरक्षित प्रशुती गराउन नसक्ने अवस्था आएका गर्भवती महिलाहरुलाई निशुल्क रुपमा हेलिकप्टरबाट काठमाडौं पठाउँदै आएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरुको यसरी नै निःशुल्क हवाई उद्धार भइरहेको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समन्वय मिलाउने गरेको छ ।

कोरोना अपडेट धादिङ : ७० जना कोरोना संक्रमणमुक्त, ५५ जनामा कोरोना पुष्टी

धादिङमा सोमबार थप ५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा १७ जना, गल्छी गाउपालिकामा १ जना, ज्वालामुखी गाउपालिकामा १ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ६ जना, गंगाजमुना गाउपालिकामा ३ जना, थाक्रे गाउपालिकामा १० जना, धादिङ्ग हस्पिटलमा १७ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

सोमबार एन्टीजेन परिक्षण गरीएका १ सय ४३ जनामध्ये ३२ जनामा पोजिटिभ आएको छ । योसगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ६८ पुगेको छ । संक्रमितमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ९, संस्थागत आइसोलेसनमा २ र होम आइसोलेसनमा ४ सय ५७ रहेका छन् ।

सोमबार ७० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै सोमबारै १८ जनाको स्वाब संकलन गरीएको छ ।

वर्षातका कारण धादिङ गल्छीका किसानले लगाएको धानवालीमा क्षती, किसान चिन्तित

पछिल्लो एकसातामा अविरल वर्षा सँगै आएको बाढिले जिल्लाका विभिन्न ठाउमा क्षती पुगेको छ । बाढिका कारण भर्खरै रोपेका किसानको धान बालिमा समेत क्षती पुर्याएको छ भने कयौं घर पहिरोको उच्च जोखिममा परेका छन ।

गल्छी गाउपालिका वडा नं ४ कार्किडाडाका गोपि रम्तेलले करिब १ महिना अघि मात्र खेत रोपाइ सकेका थिए । गत शुक्रवार राती खोल्सा नागेर बाढी खेतमा पसे पछि हरिया भैसकेका धानको रोपो अहिले एउटै सग्ला छैनन । झन्डै ४ रोपनी को खेत दुख सुख गरेर रोपेको महिना दिन नपुग्दै बगरमा परिणत भएको गोपि रम्तेलले जानकारी दिनु भयो ।

गल्छी गाउपालिका -४ मा बाढिले डि–फाट लगाएत आसपासका खेतमा रोपेको धान बालीमा समेत क्षती पुर्याएको छ । खेत नजिकै रहेको चरौदी खोलामा आएको बाढीले कृष्ण बहादुर रम्तेल, बलराम रम्तेलको पनि धान बालीलाई क्षती पु¥याएको छ ।

त्यसैगरि शकंर रम्तेल र राजु विशुन्केको पनि बाढीले धान बाली सहितको खेत बगाएको छ । शुक्रबार राती को अबिरल बर्सा सङै आएको बाढिले स्थानीय बिदुर रम्तेलको पनि ३ रोपनीको धान बालीमा क्षती पुर्याएको छ । महङ्गि सङै दुखका साथ गरेको खेती पनि रोपेको महिना दिन नपुग्दै माटोले पुरिदिए पछि बर्खा भरीको दुख माटोमै मिलेको बिदुर रम्तेलले वताउनु भयो ।

“शुक्रबार दिउसो सम्म त्यति ठूलो पानी परेको थिएन , रातिकती बेला पानी परेर बाढी पस्यो थाहा भएन । भोलि पल्ट हेर्दा खेत बगर नै भै सकेछ” रम्तेलले भन्नू भयो । बर्सौ देखि खेती गर्दै आएको भए पनि यसरी क्षति गर्ने गरि बाढि कहिल्यै नआएको गोपि रम्तेलको अनुभव छ ।

बिकासका नाममा घर घरै मोटर बाटो खन्ने प्रबृत्तिले सडक देखि तलतिर रहेका खेती योग्य जमिनमा क्षति पुगेको रम्तेलको बुझाइ छ । यस तर्फ सरोकारवाला निकाय गम्भीर बन्नु पर्ने उहाँको सुझाव छ । निरन्तरको बर्साले गल्छी गाउपालिका लगायत आसपासका धेरै घरहरु पहिरोको जोखिममा समेत परेको स्थानीय रामहरी रोक्काले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पनि माथी बाट आएको लेदोले ठाउँ ठाउँमा सडक भरिएका छ्न । पृथ्वी राजमार्गका  अन्तरगत गल्छी गाउपालिका विभिन्न ठाउमा सडक माथिबाट बगेको माटोले सवारी आवत जावतलाई समेत कठिन बनाएको छ ।

धादिङको वेनिघाट रोराङको हुर्रेमा एक दम्पतीको शव फेला


धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ हुर्रे स्थित एक दम्पतीको शव फेला परेको छ ।

सोमबार दिउँसो सोही ठाउँ बस्ने अन्दाजी ४४/४५ वर्षकी भिममाया वि.क घरको पूर्व तर्फ ५ सय मिटर पर कच्ची सडकमा घोप्टो परि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यस्तै मृतक महिलाको श्रीमान् पनि भुण्डिएको अवस्थामा फेला परेका छन् । श्रीमती मृत भेटिएको स्थान भन्दा अन्दाजी ५ सय मिटर पर खनायोको रुखमा झुण्डिएको अवस्थामा अन्दाजी ५०/५१ वर्षिय तिर्थ वि.क भुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।

इपिएस परीक्षा पास गरेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन ।।

संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले इपिएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

इपिएस परीक्षा पास गरेर बसेका करिब १० हजार कामदारहरुले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएका थिए । सोही उजुरीको सुनुवाइ गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिइएको समितिका सभापति रामनारायण बिडारीले बताउनुभयो ।

इपिएस परीक्षा पास गरेका कामदारहरुलाई समेत दक्षिण कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यहरुले सरकारको आलोचना गरेका छन् ।

कोरोना अपडेट धादिङ २९ जना कोरोना संक्रमणमुक्त, ५९ जनामा कोरोना पुष्टी

धादिङमा आईतबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा धुनिबेसिमा १६, गजुरीमा १, गल्छीमा १, बेनिघाटमा ८, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा ३, थाक्रेमा ८, रुबिभ्यालिमा १४ र धादिङ्ग हस्पिटलमा ५ जना रहेका छन् ।

यो सँगै धादिङमा कोरोना संक्रिय संक्रमतिको सखंख्या ४ सय ८३ पुगेको छ । यस्तै आईतबार २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४६६ रहेका छन् ।

निलकण्ठमा आईतबार ४७ स्वाब संकलन भएको छ । ३६४ एनटीजेन परिक्षण मध्ये ५९ पोजिटिभ आएको छ ।

सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने

सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतवार पत्रकार सम्मेलन गरी काठमाण्डौको थापाथलीमा रहेको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा ह्युमन मिल्क बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो ।

जन्मिएदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न यो बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिनुभयो ।

‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरूको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ह्युमन मिल्क बैंक स्थापना गर्ने तयारी गरेको हो’, ‘विश्व स्तनपान सप्ताहको शुभारम्भ कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘जुन आमाको दूध तत्काल आउँदैैन वा कमी छ, त्यस्ता बच्चालाई यो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौँ । यो बैंक यसै वर्ष काठमाण्डौको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्थापना गरिनेछ ।’ शाखाले यो बैंकमा दूध राख्नका लागि झन्डै एक करोड रुपैयाँको मेशिन खरिद गर्ने तयारी गरिएको पनि जनाएको छ ।

कार्यक्रममा आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’ को विज्ञापन नगर्न÷नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ । शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाइए कडा कारबाही गर्ने चेतावनीसमेत दिनुभयो ।

‘ल्याक्टोजिनको विज्ञापन कहीँ भएको पाइए कडा कारबाही हुन्छ’, उहाँले भन्नुभयो । आईतबारदेखि सुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ । ’हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ मनाउन सुरु गरिएको यो सप्ताहमा सबै पालिकामा समेत जनचेतनामूलक कार्यक्रम आयोजना हुने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले स्पष्ट पारेको छ ।

धादिङमा ९५ प्रतिशत रोपाई सकियो, साउनको अन्तिम सम्ममा रोपाई सकिने

साउन महिनाको आधाआधीमा धादिङमा ९५ प्रतिशत रोपाई सकिएको छ । मकै पाक्न बाँकी धुनिवेशी लगायतका केही ठाउँहरुमा भने धान रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कंडेलले जानकारी दिनुभयो ।

विगतका वर्षहरुको तुलनामा यो वर्ष धान खेती छिटो भएको पनि कंडेलले बताउनुभयो । समयमै मनसुन सुरु भएका कारण पनि धान खेती छिटो भएको बताउँदै उहाँले यो महिनाको अन्तिम सम्ममा धादिङमा धान रोपाई सकिने बताउनुभयो ।

धादिङको निलकण्ठ, धुनिवेशीं नगरपालिका, त्रिपुरासुन्दरी, नेत्रावती, वेनिघाट रोराङ, गजुरी, थांक्रे, गल्छी लगायतका क्षेत्रहरुमा बर्खे धानको खेती हुँदै आएको छ । धादिङमा १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा ३४ हजार मेट्रिकटन बर्खे धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र धादिङको तथ्याङ्क रहेको कंडेलले बताउनुभयो ।

धादिङमा उन्नत जातका सावित्री, मकवानपुरे १, सुख्खा १, २, ३ , खुमल ४, ७, ६ लगायतका धान रोपिंदै आएको छ ।