सरकारी नम्बर प्लेटको स्कार्पिओ पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु

धनुषामा सरकारी नम्बर प्लेटको स्कार्पिओ पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्।  जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको धनुषा प्रहरीले जनाएको छ।

आज बिहान ५ बजे ढल्केवरबाट जनकपुर तर्फ जाँदै गरेको स्कार्पिओ तिव्रगतिको कारण दुर्घटना भएको प्रहरीले  जनाएको छ। दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको मृत्यु भएको छ।

पाँचजना घाइतेको उपचार प्रादेशिक अस्पतालमै भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले दिनुभयो। थाहा खबरबाट

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुको पद तथा गोपनियताको शपथ ग्रहण

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण गर्दै उपाध्यक्ष विश्वनाथ पौडेलले कोरोना र बाढीपहिरोको प्रभावलाई विषेश ध्यानमा राखेर योजना निमार्ण गर्ने बताउनुभयो । विहिबार बिहान सिंहदरबारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले योजना आयोगसँग प्रत्यक्ष र नियमित रुपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य आफ्नो रहने बताउनुभयो ।

उहाँले नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले पौडेललाई सपथ ग्रहण गराउनु भएको हो । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गरानु भएको थियो ।

कोरोना अपडेट धादिङ : ७२ जना कोरोना संक्रमणमुक्त, २६ जनामा कोरोना पुष्टी

धादिङमा विहिबार थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा निलकण्ठमा ५, धुनिबेसिमा ३, बेनिघाटमा ७, ज्वालामुखीमा ४, त्रिपुरासुन्दरीमा ४ र गंगाजमुनामा ३ जना रहेका छन् । यो सँगै जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ५ सय ५३ पुगेको छ ।

यस्तै विहिबार ७२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्लामा हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ५३६ रहेका छन् । गजुरीमा विहिबार ९ स्वाब संकलन भएको छ ।

११४ एनटीजेन परिक्षण मध्ये २६ पोजिटिभ आएको छ ।

 

गजुरीका कृषक समूहलाई कुखुरा वितरण

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ३ र ४ का किसानहरुलाई बुधबार कुखुरा वितरण गरेको छ । किसानहरुको आय आर्जनमा वृद्धि गराई आत्मानिर्भर बनाउने उद्देश्यले कुखुरा वितरण गरेको हो ।

कृषकहरुलाई २ महिने गिरिराज जातको कुखुरा वितरण गरेको पशु सेवा प्राविधिक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । फोकस नेपाल धादिङको सहजीकरण एफ.ए को प्राविधिक सहयोगमा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा संञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्र्तरगत कुखुरा वितरण गरेको हो ।

गजुरीको वडा नम्बर ३ मा रहेको रत्नमाला पशुपालन कृषक समूहका ३० जना, तिरासी पशुपालन कृषक समूहका २० जनालाई ६÷६ ओटाका दरले कुखुरा वितरण गरेको हो । यस्तै वडा नम्बर ४ को वाकचुली पशुपालन कृषक समूका ९ जनालाई ६÷६ ओटाका दरले कुखुरा वितरण गरेको हो ।

कोरोना अपडेट धादिङ : ५८ जना कोरोना संक्रमणमुक्त, ५६ जनामा कोरोना पुष्टी

धादिङमा बुधबार थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा धुनिबेसि नगरपालिकामा ८ जना, गल्छी गाउपालिकामा ३ जना, गजुरी गाउपालिकामा १ जना, ज्वालामुखी गाउपालिकामा १० जना, त्रिपुरासुन्दरी गाउपालिकामा २३ जना, गंगाजमुना गाउपालिकामा १ जना, नेत्रवाति डबजोङ गाउपालिकामा १ जना, धादिङ्ग हस्पिटलमा ९ जनामा पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

बुधबार एन्टीजेन परिक्षण गरीएका १ सय ६८ जनामध्ये ५५ जनामा पोजिटिभ आएको छ । योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ५ सय ९९ पुगेको छ ।

संक्रमितमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा १२, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ५ सय ८३ रहेका छन् । यस्तै आज ५८ जना संक्रमण मुक्त भएका छन् ।

गल्छी गाउँपालिकाको शिक्षा शाखामा नेपाली कांग्रेसको ताला

गल्छी गाउँपालिकाको शिक्षा शाखामा नेपाली कांग्रेस गल्छी गाउँपालिकाले बुधबार तालाबन्दी गरेको छ । शिक्षक नियुक्तीको विषयलाई लिएर गाउपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको हो ।

गल्छी गाउँपालिका वडा नं ८ मा अवस्थित गोगनपानी माध्यामिक विद्यालयको बालकक्षा सन्चालन गर्न आवश्यक शिक्षक नियुक्तिको लागि परिक्षा हुनु अगाबै विद्यालयका प्रधानाध्यापक रामहरि थापाले धेरै रकम दिनेलाई परिक्षामा आउने प्रश्न आउट गरिदिने प्रलोभनमा परि टेलिफोनमा भईरहेको अडियो वार्ता एक अनलाईनबाट सार्वजनिक भएको नेपाली काँग्रेस गल्छी गाउपालिकाका सभापति गोपीप्रसाद रिमालले जानकारी दिनुभयो ।

यसै विषयलाई लिएर नेपाली कांग्रेस गल्छी गाउँपालिकाले निष्पक्ष रुपमा पुन परिक्षा संचालन गरि शिक्षक नियुक्ती गर्नुपर्ने र परिक्षा संचालनको नाममा अवैधानिक काम गर्नेलाई कारबाहीको माग गर्दै गत चैत २९ गते गाउँपालिकामा निबेदन पेश गरेको थियो ।

निवेदन माथि हाल सम्म कुनै सुनुवाई नभएको र उल्टै प्रश्न आउट गरेर परीक्षामा नाम निकाल्ने शिक्षकलाई नै विद्यालयको शिक्षकमा नियुक्ती दिने निर्णय भएको भन्दै दोषी माथि कारबाही गर्न र पुन निष्पक्ष ढंगले परीक्षा संचालन गरि दक्षताको आधारमा शिक्षक नियुक्तीको माग गर्दै बुधबार गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्न बाध्य भएको रिमालले बताउनुभयो । यस्तै दोषीमाथि कारबाही नभएसम्म ताला नखोल्ने समेत सभापति रिमालले बताउनुभएको छ ।

५५ औं रक्तसंञ्चार दिवश धादिङमा पनि मनाईयो, धादिङका नागरिकले रगत निशुल्क पाउने

सदरमुकाम धादिङबेसिमा ५५ औँ रक्तसञ्चार स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा १३ जना पुरुष र ४ जना महिला गरी जम्मा १७ जनाले रगतदान गरेका छन् ।

यस्तै धादिङमा आर्थिक वर्ष ०७७/०७८ मा ६६९ जना महिला र २ हजार ९७ जना पुरुष गरी कुल २ हजार ७६६ स्वयमसेवी रक्तदाताले रक्तदान गरेको रक्त संचारकेन्द्र धादिङले जनाएको छ । यस अवधिमा जिल्लाका विभिन्न ३० ठाउँहरुमा रक्तदान कार्यक्रम भएको र जसमा  रगत दिनेमा महिलाको तुलनामा पुरुष धेरै रहेका छन् ।

धादिङमा यो वर्ष भने ५ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका मन्त्री एवं समाजसेवी नारायण कुमार श्रेष्ठले बताउनुभयो ।

साथै धादिङका नागरिकहरुले यो आर्थिक वर्षबाट रगत निशुल्क पाईने उहाँले बताउनुभयो । दुर्घटनामा परि घाईते भएका वा रगत आवश्यक पर्नेहरुलाई निशुल्क उपलब्ध हुने श्रेष्ठले बताउनुभयो ।

कोरोना अपडेट धादिङ : १० जना कोरोना संक्रमणमुक्त, ४८ जनामा कोरोना पुष्टी


धादिङमा मंगलबार थप ४८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा निलकण्ठमा २, गल्छीमा ९, गजुरीमा २, बेनिघाटमा १०, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा ३ र धादिङ्ग हस्पिटलमा १२ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या ६ सय १ पुगेको छ । यस्तै मंगलबार १० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ५ सय ८४ रहेका छन् । त्यस्तै १ सय ४९ एनटीजेन परिक्षण मध्ये ४७ पोजिटिभ आएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्काशन गर्ने

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

सो आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
Source : Merolagani.com

कोरोनाको तेस्रो लहर आउने भन्दै तयारी अवस्थामा रहन सरकारको निर्देशन


नोबेल कोरोना भाइरसको महामारीको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशलाई कम्तिमा एक हजार अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले सातै प्रदेशको आपूर्ति केन्द्रलाई कम्तिमा पनि एक हजार वटा अक्सिजनसिलिण्डर भरेर राख्न भनेको हो । कोरोना सङ्क्रमण दर पछिल्लो केही दिनदेखि तीब्र रुपमा बढ्न थालेको हुँदा तेस्रो लहर आउन सक्ने जोखिम रहेकाले सम्भावित चुनौतीको सामना गर्नका लागि तयारी अवस्थामा रहन भनिएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले  बताउनुभयो ।

मन्त्रालयले अहिलेकै अवस्थामा सङ्क्रमण बढे असारको दोस्रो हप्तामा कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । बितेको २४ घण्टामा मात्रै देशभर थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।