धादिङका १७ जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा २ जना, गंगाजमुना गाउपालिकामा २ जना, ज्वालामुखी गाउपालिकामा ५ जना र धादिङ्ग हस्पिटलमा ८ जनामा पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

बुधबार एन्टीजेन परिक्षण गरिएका १ सय २५ जनामध्ये १७जनामा पोजिटिभ देखिएको हो । योसगै जिल्लाको सक्रिय संक्रमितको संख्या १ सय ८१ पुगेको छ। संक्रमितमध्ये हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा १ सय ७१ रहेका छन्। त्यस्तै बुधबार १२ जना संक्रमण मुक्त भएका छन् ।

Facebook Comments