
धादिङको नीलकण्ठ नगरपालिका ८ बगैचामा आज विहान आइचर ट्रक दुर्घटना हुदाँ ३५ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेशी तर्फ आउदै गरेको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
गम्भीर घाईते मध्ये ४ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । ज्वालामुखी ५ खरीका बलराम अधिकार, संगिता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौ लगिएको हो । भने घाइते मध्ये अन्य ४ जनालाई सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।
अन्य सामान्य घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेको छ । थप विवरण आउन बाँकी रहेको छ ।
