नेपाली कांग्रेस धादिङको २ ओटा वडामा नेतृत्व चयनमा विवाद हुँदा अधिवेशनले पूर्णता पाउन सकेको छैन ।

नेपाली काँग्रेस धादिङले १ सय २ वटा वडामा नेतृत्व चयन गरिसकेको छ । भदौ २१ गतेदेखि सुरु भएको वडा अधिवेशनले १ सय २ वडामा नेतृत्व चयन गरेको हो । अब निलकण्ठ नगरपालिकाको वडा नम्वर ३ र ज्वालामुखी गाउपालिकाको वडा नम्बर ४ को नेतृत्व चयन हुन मात्र बाँकी छ । प्रत्यासी उम्मेवाद्वारीहरु विच आपसी सहमती हुन नसक्दा नेतृत्व चयनमा ढिला भएको हो ।

सदरमुकाम धादिङवेशींमा पर्ने वडा नम्बर ३ को अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ । निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्यानल र नेपाली कांग्रेस धादिङका पूर्वसभापती रामनाथ अधिकारीको प्यानल विच नेतृत्व चयनमा विवादु हँदा वडा सभापति देखी क्षेत्रियप्रतिनिधि चयनमा ढिलाई भएको हो । यता नेपाली कांग्रेस धादिङका नबराज तिमिल्सीनाले भने सहमती गरेरै नेतृत्व चयन गर्ने पक्षमा लागिरहेकोले केही ढिलाई हुन पुगेको बताउनुभएको छ ।

सहि नेतृत्व चयनका लागि सबैको विचार, विर्मश, छलफल आवश्यक हुने हुँदा केही ढिला मात्रै भएकाले यसलाई सकरात्मक रुपमा लिन आम जनसमुदायलाई अनुरोध गर्नुभयो । निर्वाचनबाट भन्दा पनि बाँकी भएका २ ओटा वडामा सहमतीबाटै नेतृत्व चयन हुने पनि तिमिल्सीनाले दावी गर्नुभयो ।

Facebook Comments