
हिन्दु नेपालीहरुको महानचाड शुभ दिपावलीको अवसरमा ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ स्थित बुढिगण्डकी युवा क्लवले शुभकामना आदन–प्रदान एवं बृहत सांस्कृतिक कार्यक्रम गरेको छ ।
क्लवका अध्यक्ष फलिन्द्र प्रसाद ईटनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघिय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्य तथा गाउँपालिका अध्यक्ष विनोदराज तिमिल्सीनाको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा हाँस्य कलाकार पुर्षाेत्तम भण्डारी (पुर्खे बा), लोक तथा दोहोरी गायिका रिता रावत, लोक दोहोरी गायक सुकदेव अधिकारी लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
२०७३ सालमा स्थापना भएको यस क्लवले खेलकूद, सरसफाई, जनचेतनामुलक कार्यक्रम लगायत विभिन्न सामाजिक कामहरु गर्दै आएको क्लवका सचिव सुनिल ईटनीले जानकारी दिनुभयो ।