धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ मुरलिभञ्ज्याङ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलले ठक्कर दिंदा एक जना पैदल यात्री घाईते भएका छन् ।

धादिङबेशीबाट खरि जौबारी तर्फ जादै गरेको बा ३१ प ३३१५ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा बाटोमा हिंडिरहेका ५९ वर्षिय बुङके कुमाल घाईते भएका हुन् ।

घाईते कुमालको धादिङ अस्पतालमा उपचार भईरहेको ट्राफिक प्रहरी प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । कुमालको निधारमा चोट लागेको छ । ठक्कर दिने मोटरसाईल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

 

Facebook Comments