धादिङको ज्वालामुखी गाउपालिका वडा नम्वर २ मैदीमा संचालित आँखा शिविरमा १ सय ६५ जनाले आँखाको जाँच गराएका छन् ।

आँखाको जाँच गराएकामध्ये ४ जनामा मोतियाबिन्दुको समस्या भेटिएकोले उनीहरुको मंसिर १५ गते जिल्ला सामुदायिक आँखा केन्द्रमा निशूल्क शल्यक्रिया गरिने आँखा केन्द्रका नेत्र अधिकृत रामसिं तामाङले जानकारी दिनुभयो ।

तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौं, जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको समन्वयमा मैदी स्वास्थ्य चौकीमा शिविर संचालन भएको हो ।

Facebook Comments