
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा आईतबारदेखी प्रथम चित्रेकालिका धार्मिक तथा पर्यटन महोत्सव सुरु भएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ को आयोजना, ज्वालामुखी गाउँपालिकाको संरक्षण तथा प्रथम चित्रेकालिका धार्मिक तथा पर्यटन मेला मुल समारोह समतिको व्यवस्थापनमा महोत्सव सुरु भएको हो ।
मेलाको आज बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको छ । धान्य पुर्णिमाको दिन जात्रा लाग्दै आएको यस मन्दिरमा यस वर्ष जात्रालाई थप आकर्षक वनाउन वडाले मन्दिर परिसरमा धार्मिक तथा पर्यटन महोत्सवको आयोजना गरेको हो ।
आज र भोली चल्ने महोत्सवमा राष्टिय« कलाकारहरु प्रकाश सपुत, बद्री पंगेनी, खुमन अधिकारी, कमला घिमिरे, पूर्णकला विसि लगायतका कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ ।