१८ पुस, धादिङ ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले शनिबार वरिष्ठ नेता सहित १४ औ राष्ट्रिय महाधिवेशनमा पराजित भएका नेताहरुलाई समेटेर पार्टी केन्द्रिय सदस्यमा दश जना नेताहरुलाइ मनोनित गरेको छ । मनोनित हुनेहरुमा केन्द्रीय सभापतिमा पराजित दुई, उपसभापतिमा पराजित दुई र महामन्त्रीमा पराजित एक जना परेका छन् । सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधि उपसभापतिमा पराजित विजयकुमार गच्छादार र सुजाता कोइरालालाइ पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । महामन्त्रीमा पराजित डा.प्रकाशशरण महत, रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, नारायण खड्का, उमा रेग्मी र मीन विश्वकर्मालाइ केन्द्रिय सदस्याम मनोनीत गरेका छन् ।
केन्द्रीय सदस्य मनोनित भएका केन्द्रीय सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधि  १४ औं महाधिवेशनको पहिलो चरणमा सिंह तेस्रो र निधि चौंथो स्थानमा परेपछि दोस्रो चरणको मतदानमा दुवैले देउवालाई सभापती बनाउन सहयोग गरेको थियो । सभापति देउवाले डा.शेखर कोइराला समूहबाट उपसभापतिमा पराजित चन्द्र भण्डारी, आफ्नै समूहबाट महामन्त्रीमा पराजित प्रदीप पौडेल र विमलेन्द्र निधिको समूहबाट उपसभापतिमा पराजित दिव्यश्वरी शाह र महामन्त्रीमा पराजित डा.राजाराम कार्कीलाई भने देउवाको रोजाईमा परेनन् ।

Facebook Comments