८ माघ, २०७८
धादिङ – जिल्ला प्रशासन कार्यालय धादिङले आज एक सुचना जारी गर्दै शान्तिसुरक्षा र अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने जनाएको छ । माघ ९ गते आईतबारदेखि अर्को सुचना जारी नभएसम्म जिल्ला प्रशासन कार्यालयबाट सम्पादन गरिने सेवा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत केहि कर्मचारीहरु बिरामी भएको र कोभिड – १९ संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएको साथै कार्यालयमा सेवाग्राहीहरुको अत्याधिक भिडभाड रहेको हुँदा कार्यालयबाटै कोभिड – १९ संक्रमण फैलिन सक्ने जोखिमका कारण सेवा बन्द गरिएको जनाएको छ । साथै अत्यावश्यक सेवाको लिन आउने सेवाग्राहीले अनिवार्य खोप कार्ड साथमा लिएर आउनुपर्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।