१२ माघ, २०७८
केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेकोे जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धि ०.९३ प्रतिशतले भएको जनाएको छ । यस अनुसार हाल जम्मा पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको विभागले जनाएको छ ।

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा कम जनसंख्या थप भएको छ । दश वर्षको अवधिमा लुम्बीनि प्रदेशमा सबैभन्दा धेरै १३.८९ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ३.१६ प्रतिशतले जनसंख्या थप भएको छ । यस नतिजा अनुसार प्रदेशगत रुपमा जनसंख्याको विवरण हेर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै २०.९९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.८१ प्रतिशत रहेको छ । दोस्रो बढि जनसंख्या बागमती प्रदेशमा २०.८४ रहेको छ । साथै तेस्रो लुम्बिनी, चौथो प्रदेश १, पाँचौ सुदुर पश्चिम र छैटौमा गण्डकी प्रदेश रहेका छन् ।

Facebook Comments