१६ माघ, २०७८
शुक्रबार विहान देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलमा देउवाले सरकारमाथि चौतर्फी दवाव बढेको भन्दै बैशाख अन्तिम वा जेठमा स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको थियो । सोहि अनुसार शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय उच्चस्तरीय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी जेठ महिना भित्र गर्ने सहमति गरेको छ ।
साथै उक्त संयन्त्रले सरकारलाइ पनि सोहि सुझाव दिने निर्णय गरेको छ । बैठकले संविधानसँग बाझिएका कानून तथा ऐन संशोधन गर्नुपर्ने भए गर्न समेत सरकारलाई सुझाव दिएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयन्त्रको सुझावपछि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले आगामी जेठ भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरि मिति तोकेर सरकार अघि बढ्ने प्रतिकृया दिनुभएको छ ।
नेपालको ‘संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल निर्वाचित भएको मितिले ५ वर्ष हुने र कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । ऐन बनाउँदा संविधानसँग बाझिने गरी कार्यकाल सकिनु २ महिनाअघि नै चुनाव हुने उल्लेख भएको रहेछ । २०७४ साल बैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतनिधिहरुको कार्यकाल २०७९ जेठ ५ गते सकिदैछ ।