१७ माघ, धादिङ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड संक्रमण भएको भन्दै गत माघ ९ गतेदेखि अत्यावश्यक सेवा मात्रै प्रवाह गर्दै आएको कार्यालयले मंगलबारदेखि नियमित सेवा सुचारु गर्ने भएको छ । कार्यालयले सोमबार एक सुचना जारी गर्दै मंगलबारदेखि आलोपालो गरि सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ ।

सुचना अनुसार आईतबार धुनिबेसी नगरपालिका र थाक्रे गाउँपालिका, सोमबार गल्छी र गजुरी गाउँपालिका, मंगलबार नीलकण्ठ नगरपालिका र गंगाजमुना गाउँपालिका, बुधबार त्रिपुरासुन्दरी र वेनीघाट रोराङ गाउँपालिका, विहिबार खनियाबास र नेत्रावती डबजोङ गाउँपालिका, शुक्रबार ज्वालामुखी र सिद्धलेक गाउँपालिका साथै रुवीभ्याली गाउँपालिकाको भने सबैबार सेवा प्रदान गरिने उल्लेख गरिएको छ । कोभिड – १९ को संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआएको हुँदा सेवागा्रहीले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी साथमा खोपकार्ड समेत लिएर आउन पनि प्रशासनले अनुरोध गरेको छ ।